7 हे प्यारा मित्रहरू हो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा2:7 पुरानो आज्ञा एक-अर्कालाई प्रेम गर हेर्नुहोस् यूह 13:34 लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो। 8 तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ।