10 प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो। 11 प्रिय मित्रहरू हो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ। 12 परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्यौँ भने परमेश्वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।