6 सबै किसिमका परीक्षाहरूमा तिमीहरूले अहिले केही समयको लागि दुःख सहनुपरे तापनि यसमा तिमीहरू खूबै रमाउँछौ। 7 आगोबाट खारिने, तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। 8 यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ; 9 किनकि तिमीहरूको विश्वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो।