2 तिमीहरूको हेरचाहमा भएको परमेश्वरको बगालहरूको रखवालाको रूपमा गोठालो बनिदेओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्वरले चाहनुभएझैँ तिमीहरूको इच्छापूर्वक; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर। 3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर। 4 अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।
5 हे जवानहरू हो, यसरी नै मण्डलीका प्रधानहरूको अधीनमा बस। नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर; किनकि,
"परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।"5:5 हितो 3:34