15 याहवेहले तिनलाई भन्नुभयो, "तँ आएकै बाटो फर्किजा, र दमस्कसको उजाडस्थानमा जा। तँ त्यहाँ पुगेपछि हजाएललाई अराममाथि राजा अभिषेक गर्। 16 निम्शीका छोरा येहूलाई पनि इस्राएलमाथि राजा अभिषेक गर्; अनि अबेल-महोलाका शापातका छोरा एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्।