20 तब एलीशाले आफ्ना गोरुहरू छोडे, र तिनी एलियाको पछि-पछि दगुरे। तिनले भने, "मलाई मेरा पितालाई चुम्बन गर्न र आमासित बिदा माग्न दिनुहोस्, र म तपाईंसँग आउनेछु।"
एलियाले जवाफ दिए, "फर्किएर जाऊ, मैले तिमीलाई के गरेको छु र?"
21 यसकारण एलीशा तिनलाई छोडेर फर्किए। तिनले आफ्नो एक हल गोरुलाई लिएर मारे। तिनले हलोका काठहरू बालेर मासु पकाए; र मानिसहरूलाई ती दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियालाई पछ्याउन गइहाले, र तिनका सेवक भए।