13 राजा सोलोमनले सारा इस्राएलबाट तीस हजार मानिसहरूलाई मजदुरी गर्न लगाए। 14 राजाले हरेक महिना तिनीहरूलाई दश-दश हजार गरेर पालैपालो एक महिनाको लागि लेबनानमा पठाउँथे। यसरी तिनीहरू एक महिना लेबनानमा काम गर्थे; र दुई महिना आफ्नै घरमा बस्दथे। अनि अदोनीराम बेतलबी श्रमिकहरूको जिम्मावाल थिए। 15 सोलोमनका भारी बोक्ने भरियाहरू पहाडमा सत्तरी हजार र ढुङ्गा काट्नेहरू असी हजार थिए। 16 साथसाथै सोलोमनले तेत्तीस सय मानिसहरूलाई मजदुरहरूका कामको रेखदेख गर्नलाई खटाए।