27 मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो। 28 यसकारण अब म यस बालकलाई याहवेहका निम्ति अर्पण गर्दैछु। किनकि यसको जीवनकालभरि यसलाई याहवेहको निम्ति अर्पण गरिएको हुनेछ।" अनि त्यहाँ तिनीहरूले याहवेहको आराधना गरे।
Publicidade