9 जो धनी हुन चाहन्छन्, तिनीहरू परीक्षा र पासोमा फस्छन्; अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। 10 किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्।