7 यी प्रशस्त प्रकाशहरूको कारण घमण्डले फुलिनबाट अलग राख्न र दुःख दिनलाई मेरो शरीरमा एउटा काँडा अर्थात् शैतानको एउटा दूत दिइएको थियो। 8 यो मबाट हटोस् भनी मैले प्रभुसित तीनपल्ट बिन्ती गरेँ। 9 तर उहाँले मलाई भन्नुभयो, "मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।" यसकारण ख्रीष्टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु।
Publicidade