17 किनकि हाम्रो हल्का र क्षणभरको कष्टले हाम्रा निम्ति अनन्तको महिमा प्राप्त हुनेछ, जुन यी सबै कष्टहरूको तुलनामा केही पनि होइन। 18 यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।