14 ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे। 15 उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब आफ्नै लागि होइन, तर उहाँको लागि बाँचून् जो मरेर पुनर्जीवित हुनुभएको छ।
Publicidade