18 यी सबै परमेश्वरबाट भएको हो, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो; 19 अर्थात् ख्रीष्टमा हुनुभईकन परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ।