20 मुख्य कुरा, तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्; 21 किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्वरका तर्फबाट बोलेका हुन्।