15 अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्। 16 उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन कुराहरू अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैँ आफ्नै विनाशको निम्ति बङ्ग्याउँछन्।