17 त्यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार होओ; अनि नियमविहीन मानिसहरूका गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्। 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ।
उहाँलाई अहिले अनि सदासर्वदा महिमा होस्! आमेन।