32 एलीशा घरमा पुग्दा त्यो केटो आफ्नो पलङमा मरिसकेको अवस्थामा भेट्टाए। 33 यसकारण तिनी भित्र गए, र ढोका थुने; अनि याहवेहसित प्रार्थना गरे। 34 तब तिनी पलङमाथि चढे; अनि आफ्नो मुख, आफ्नो आँखा र आफ्नो हात उसको मुख, आँखा र हातमा राखेर त्यस केटामाथि पस्रिए। तिनी त्यस केटोमाथि लम्पसार पर्दा त्यस केटोको शरीर तातिन थाल्यो। 35 तब एलीशा उठे, र कोठामा यताउता हिँडे। अनि फेरि एकपल्ट फर्केर गई त्यस केटोमाथि त्यसरी नै पस्रिए। तब त्यस केटोले सातपल्ट हाच्छिउँ गर्यो; अनि त्यसले आफ्ना आँखाहरू खोल्यो।