17 जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्नुभयो: "नडराऊ, आदि र अन्त्य म नै हुँ। 18 जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।
Publicidade