13 तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ। 14 तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्।
15 "हेर, म चोरजस्तो गरी आउनेछु! त्यो धन्यको हो, जो जागा रहन्छ, र जसले आफ्नो वस्त्रको रक्षा गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।"
16 तब ती दुष्ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्ने ठाउँमा भेला गराए।