21 मैले त्यसलाई आफ्नो यौन अनैतिकताबाट पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले पश्चात्ताप गर्नै चाहिन। 22 यसकारण म त्यसलाई कष्टको ओछ्यानमा थला पारिदिनेछु, र त्यससित व्यभिचार गर्नेहरूले त्यसको मार्गदेखि पश्चात्ताप गरेनन् भने तिनीहरूलाई महा कष्ट दिनेछु।
Publicidade