3 तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, "हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ। 4 उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।"
Publicidade
Publicidade