1,44,000 लाई छाप लगाइएको
1 यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए। 2 तब मैले जीवित परमेश्वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने, 3 "जबसम्म हामीले परमेश्वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।" 4 तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए।
5 यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो।
रूबेनको कुलबाट 12,000 लाई,
गादको कुलबाट 12,000 लाई,
6 आशेरको कुलबाट 12,000 लाई,
नप्तालीको कुलबाट 12,000 लाई,
मनश्शेको कुलबाट 12,000 लाई,
7 शिमियोनको कुलबाट 12,000 लाई,
लेवीको कुलबाट 12,000 लाई,
इस्साखारको कुलबाट 12,000 लाई,
8 जबूलूनको कुलबाट 12,000 लाई,
योसेफको कुलबाट 12,000 लाई,
बेन्यामीनको कुलबाट 12,000 लाई छाप लगाइयो।