पावल र सिलाससँग तिमोथी मिसिएका
1 पावल डर्बी हुँदै लुस्त्रा आए। त्यहाँ तिमोथी नामका एक जना चेला बस्थे। तिनकी आमा यहूदी थिइन् र विश्वासी थिइन्, तर बुबाचाहिँ ग्रीक थिए। 3 पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे; किनकि त्यस क्षेत्रमा बस्ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्ने थाहा थियो।