17 " ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ,
म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु।
तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्;
तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्,
तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्।
18 ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू,
स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु।
अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।
19 अनि माथि आकाशमा अद्भुत कार्यहरू देखाउनेछु,
र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु,
रगत, आगो र धुवाँका मुस्लाहरू।
20 प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि
सूर्य अन्धकारमा परिवर्तन हुनेछ,
र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
21 अनि प्रभुको नाम पुकार्ने
हरेक मानिसले उद्धार पाउनेछ।’2:21 योएल 2:28-32