35 मैले गरेका हरेक कामबाट तपाईंहरूलाई मैले उदाहरण दिएको छु; अनि कसरी यस किसिमका कडा परिश्रमद्वारा हामीले कमजोरहरूलाई मदत गर्नैपर्दछ। प्रभु येशू आफैँले भन्नुभएका वचनहरूको सम्झना गरौँ: ‘लिनुभन्दा दिनुचाहिँ अझ धन्य हो।’ "
36 यति कुरा भनिसकेपछि पावलले घुँडा टेके र सबैसँग प्रार्थना गरे। 37 उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए। 38 तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्याउन गए।