12 तर परमेश्वरको राज्यको सुसमाचार र येशू ख्रीष्टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्तिस्मा लिए। 13 सिमोन आफैँले पनि विश्वास गर्यो; र बप्तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्क पर्यो।
Publicidade