30 अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, "तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?"
31 "जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?" उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्न आग्रह गरे।
32 ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए:
"उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो,
जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ,
त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन।