21 विगतमा तिमीहरू आफ्नो दुष्ट चालको कारण परमेश्वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ। 22 तर अब तिमीहरूलाई उहाँको दृष्टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ। 23 यदि तिमीहरू आफ्नो विश्वासमा अटल र स्थिर भई रह्यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु।
Publicidade