9 एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ। 10 अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ। 11 यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स3:11 यो मानिसहरूको समूह हो, जो आफ्नो क्रूरताको लागि कुख्यात थिए। सेवक वा फुक्का, केही भिन्नता छैन, तर ख्रीष्ट नै सबै थोक र सबैमा मुख्य हुनुहुन्छ।
Publicidade