16 आक्रमणकारीले आफूले चाहेअनुसार गर्नेछन्; उनको विरुद्धमा कोही पनि खडा रहन सक्नेछैन। उनले आफूलाई सुन्दर देशमा स्थापित गर्नेछ, र यसलाई नष्ट गर्ने शक्ति उनीसँग हुनेछ। 17 सिरियाका राजाले आफ्नो सम्पूर्ण राज्यको सैनिक शक्तिको साथ आउने निर्णय गर्नेछन्, र दक्षिणको राजासँग मित्रता गर्नेछन्। अनि त्यस राज्यलाई नष्ट गर्नलाई आफ्नी छोरी तिनलाई विवाहमा दिनेछन्, तर उनको योजना सफल हुनेछैन, अथवा त्यस कुराले उनलाई सहायता पुग्नेछैन।
Publicidade