25 त्यसले छललाई उन्नति हुन दिनेछ, र त्यसले मनमा आफूलाई अति उच्च ठान्नेछ। अनि तिनीहरूले सुरक्षित ठानेको बेला त्यसले धेरैलाई नाश गर्नेछ; अनि त्यो राजकुमारहरूका राजकुमारको विरुद्धमा खडा हुनेछ; तापनि त्यो नष्ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा चाहिँ होइन।