Pular para o conteúdo
Publicidade

दानिएल 9:3-5,20

3 यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्‍वरतिर फर्केँ।

4 मैले याहवेह मेरा परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्ना पापहरू स्वीकार गरेँ:

"हे प्रभु, महान् र भययोग्य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरू सबैसित आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ; 5 हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्‍ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ।

सत्तरी "सातहरू"

20 जब म बोलिरहेको थिएँ, र प्रार्थना गरिरहेको थिएँ, तब आफ्नो पाप र मेरो जाति इस्राएलको पाप स्वीकार गर्दै र उहाँको पवित्र पर्वतको निम्ति याहवेह, मेरा परमेश्‍वरकहाँ बिन्ती गर्दैथिएँ—

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.