याहवेहप्रति श्रद्धा
12 यसकारण हे इस्राएलीहरू हो, याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूबाट यति नै चाहनुहुन्छ, कि याहवेह तिमीहरूका परमेश्वरप्रति श्रद्धा राख्नु, उहाँका मार्गहरूमा आज्ञाकारी भई हिँड्नु, उहाँलाई प्रेम गर्नु, आफ्ना सारा हृदयले र सारा प्राणले याहवेह आफ्ना परमेश्वरको सेवा गर्नु, 13 र मैले आज तिमीहरूकै भलाइका लागि दिइरहेका याहवेहका आज्ञाहरू र उर्दीहरू पालन गर्नु।