मूर्तिपूजा विरुद्ध चेताउनी
1 यदि तिमीहरूमध्ये कोही अगमवक्ता वा स्वप्नदर्शी निस्केर कुनै अचम्मको चिन्ह वा अद्भुत कार्यको घोषणा गर्छ भने, 2 अनि यदि त्यसले भनेका कुराहरू, अलौकिक चिन्ह वा अद्भुत कार्य साँचो भयो भने त्यस अगमवक्ताले यसो भन्छ, "हामी अरू देवी-देवताहरूका पछि लागौँ, (तिमीहरूले नजानेका देवी-देवताहरू) र तिनीहरूलाई पूजौँ," 3 तिमीहरूले त्यस अगमवक्ता अथवा स्वप्नदर्शीका कुरा नसुन्नू। किनकि उहाँलाई तिमीहरूका सारा हृदयले, सारा प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनेर याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई जाँच गरिरहनुभएको हुनेछ।