शुद्ध र अशुद्ध खानेकुरा
1 तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका सन्तान हौ। मरेकाहरूका निम्ति शोक मनाउन तिमीहरूले आफूलाई नकाट्नू वा आफ्नो शिरको अगाडिको कपाल नखौरनू; 2 किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका निम्ति एक पवित्र जाति हौ। सारा पृथ्वीभरिका सबै जातिहरूबाट याहवेहले तिमीहरूलाई उहाँको निज सम्पत्ति हुन चुन्नुभएको छ।