20 तर कुनै अगमवक्ताले मैले त्यसलाई नभनेका कुराहरू पनि मेरो नाममा बोल्ने साहस गर्छ, अथवा कुनै अगमवक्ताले अरू देवी-देवताहरूका नाममा बोल्छ भने त्यो अगमवक्तालाई मारिनुपर्छ।"
21 तिमीहरूले यसरी सोचौला, "याहवेहबाट आएको सन्देश हो कि होइन भनी हामीले कसरी जान्ने?" 22 यदि कुनै अगमवक्ताले याहवेहको नाममा घोषणा गरेको कुरा पूरा भएन अथवा सत्य ठहरिएन भने त्यो सन्देश याहवेहबाट आएको होइन। त्यस अगमवक्ताले मनगढन्ते कुरा भनेको हो। यसकारण त्यससँग नडराओ।