तन्त्रमन्त्रको कार्यहरू
9 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्छौ, तब त्यहाँका जातिहरूका घृणित चालहरूको अनुसरण गर्न नसिक। 10 तिमीहरूमध्ये कसैले पनि आफ्ना छोरा वा छोरीलाई आगोमा बलिदान गरेको, जोखना हेरेको वा तन्त्रमन्त्र गरेको, जोखना हेर्ने, तन्त्रमन्त्र गर्ने कार्यमा संलग्न रहेको नभेट्टाइयोस्, 11 अथवा टुनामुना गर्ने, प्रेत-आत्मा जगाउने, तन्त्रमन्त्रको काम गर्ने वा प्रेत-आत्मासँग कुरा गर्ने कोही पनि नभेट्टाइयोस्। 12 यी कुराहरू गर्ने जोसुकै होस्, याहवेहले घृणा गर्नुहुन्छ। यस्ता घिनलाग्दा कामहरूको कारण नै याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सामुबाट ती जातिहरूलाई धपाउँदैहुनुहुन्छ।