7 तब मोशाले यहोशूलाई बोलाइपठाए, र सारा इस्राएलीहरूको उपस्थितिमा तिनलाई भने, "बलियो र साहसी होऊ; किनकि यी मानिसहरूसँग याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमी जानुपर्छ। अनि तिमीले त्यस देशलाई यिनीहरूका अधिकारको रूपमा यिनीहरूलाई बाँडिदिनुपर्छ। 8 याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।"
Publicidade