16 तिनीहरूले उहाँलाई आफ्ना विदेशी देवी-देवताहरूको कारण डाही तुल्याए;
र तिनीहरूका घृणित मूर्तिहरूले उहाँलाई रिस उठाए।
17 तिनीहरूले भूतहरूका निम्ति बलिदान चढाए, जो परमेश्वर होइनन्;
आफूले नचिनेका देवी-देवताहरू,
भर्खरै देखा परेका नयाँ देवी-देवताहरू,
तिमीहरूका पितापुर्खाहरूले डर नमानेका देवी-देवताहरू।
18 तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले बिरानो तुल्यायौ;
तिमीहरूलाई जन्माउने परमेश्वरलाई तिमीहरूले बिर्सिदियौ।