Pular para o conteúdo
Publicidade

व्यवस्था 9:18,19,25,26

18 त्यसपछि याहवेहको सामु चालीस दिन र चालीस रातसम्म लम्पसार परेँ। त्यहाँ मैले न रोटी खाएँ, न त पानी नै पिएँ। किनकि तिमीहरूले याहवेहको दृष्‍टिमा जे खराब थियो, ती सबै पाप गर्‍यौ र उहाँलाई रिस उठायौ। 19 याहवेहको रिस र क्रोधदेखि मलाई डर लाग्यो। किनकि उहाँ तिमीहरूलाई नाश गर्नलाई साह्रै क्रोधित हुनुभएको थियो। तर फेरि पनि याहवेहले मेरो कुरा सुन्‍नुभयो।

25 म ती चालीस दिन र चालीस रातभरि याहवेहको सामु लम्पसार परिरहेँ। किनकि याहवेहले तिमीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो। 26 मैले याहवेहलाई प्रार्थना गरेर भनेँ, "हे प्रभु याहवेह, तपाईंले आफ्नो महान् शक्तिले छुटाउनुभएको र शक्तिशाली हातले इजिप्टबाट निकालेर ल्याउनुभएको आफ्ना जाति र आफ्ना निज उत्तराधिकारलाई नाश नगर्नुहोस्।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.