16 "गएर शूशनमा भएका सारा यहूदीहरूलाई एकसाथ भेला गर्नुहोस्; अनि तपाईंहरू तीन दिनसम्म रातदिन केही नखाई र नपिई मेरा निम्ति उपवास बस्नुहोस्। तपाईंहरूले गरेझैँ म र मेरा सहेलीहरूले पनि उपवास बस्नेछौँ। त्यसपछि नियमको विरुद्धै भए तापनि म राजाकहाँ जानेछु। यदि म नाश भएँ भने पनि होस्।"