अरू कुनै सुसमाचार छँदैछैन
6 म तिमीहरूदेखि छक्क परेको छु; किनकि तिमीहरू ख्रीष्टको अनुग्रहमा बाँच्नका लागि बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचार खोजिरहेछौ। 7 वास्तवमा त्यो सुसमाचार नै होइन। स्पष्टसँग भन्नुपर्दा कोही-कोहीले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्दैछन्। 8 तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचारभन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्! 9 हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!