6 अब्रामले भने, "तिम्री दासी तिम्रै हातमा छे। तिमीलाई जे उचित लाग्छ, त्यससित त्यसै गर।" तब साराईले हागारसित दुर्व्यवहार गरिन्; त्यसकारण त्यो साराईबाट भागेर गई।
7 पछि याहवेहका दूतले हागारलाई उजाडस्थानमा पानीको मूलको छेउमा भेटे; त्यो मूल शूरतिर जाने बाटोको छेउमा थियो। 8 अनि उनले भने, "साराईकी दासी हागार, तँ कहाँबाट आइस्, र कहाँ जाँदैछस्?"
तब त्यसले भनी, "म मेरी मालिक्नी साराईबाट भाग्दैछु।"