इसहाकको जन्म
1 अब याहवेहले भन्नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो। 2 सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा तिनका निम्ति परमेश्वरले प्रतिज्ञा गर्नुभएकै समयमा एउटा छोरा जन्माइन्।