कयिन र हाबिल
1 आफ्नी पत्नी हव्वासित आदमको सहवास भयो; अनि तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, "याहवेहको सहायताले मैले एक जना पुरुषलाई जन्म दिएकी छु।"
25 आदमको आफ्नी पत्नीसित फेरि सहवास भयो; अनि तिनले अर्को छोरो जन्माइन्, र त्यसको नाम यसो भन्दै शेत राखिन्, "कयिनले हाबिललाई मारेपछि परमेश्वरले मलाई त्यसको सट्टामा अर्को छोरो दिनुभयो।"