15 फारोले योसेफलाई भने, "मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्ने मैले सुनेको छु।"
16 योसेफले फारोलाई जवाफ दिए, "यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो," "तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।"