7 तब योसेफले आफ्ना पिता याकोबलाई भित्र ल्याए, र उनलाई फारोको सामु उपस्थित गराए। याकोबले फारोलाई आशिष्47:7 अथवा अभिवादन गरे। दिए, 8 अनि फारोले याकोबलाई सोधे, "तपाईंको उमेर कति भयो?"
9 याकोबले फारोलाई भने, "मेरा प्रवासकालका वर्षहरू एक सय तीस हुन्। मेरा वर्षहरू थोरै र कष्टपूर्ण रहेका छन्; तर ती मेरा पुर्खाहरूका प्रवासकालका वर्षहरू जति भने होइनन्।" 10 तब याकोबले फारोलाई आशिष् दिए, र फारोको उपस्थितिबाट निस्किए।
11 यसकारण योसेफले आफ्ना पिता र आफ्ना दाजुभाइहरूलाई इजिप्टमा बसोबास गराए; अनि फारोले आदेश दिएअनुसार देशको सबैभन्दा असल भाग अर्थात् रामसेसमा उनीहरूलाई जग्गाजमिन दिए। 12 योसेफले आफ्ना पिता, आफ्ना दाजुभाइहरू र आफ्ना पिताका सबै घरानालाई उनीहरूका बालबच्चाको संख्याअनुसार भोजन जुटाइदिए।