संसारमा दुष्टता
1 जब पृथ्वीमा मानिसहरूको संख्या बढ्न थाल्यो र तिनीहरूका छोरीहरू जन्मिए; 2 तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई राम्री देखे; र तिनीहरूले आ-आफूले चुनेकाहरूसित विवाह गरे। 3 तब याहवेहले भन्नुभयो, "मेरो आत्माले सदाको निम्ति मानिससित विवाद6:3 अथवा मेरो आत्मा रहिरहनेछैन। गर्नेछैन; किनकि तिनीहरू मरणशील हुन्; त्यसको आयु एक सय बीस वर्ष हुनेछ।"
4 ती दिनहरूमा पृथ्वीमा नेफिलीमहरू6:4 अथवा ठूला र बलिया मानिसहरू गन्ती 13:33 मा पनि थिए; र त्यसपछि पनि, जब परमेश्वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; अनि तिनीहरूबाट छोराछोरीहरू जन्मिए। तिनीहरू पुरानो समयका बलिया-बलिया र नाम चलेका पुरुषहरू थिए।
5 याहवेहले पृथ्वीमा मानिसहरूको दुष्टता ज्यादा बढेको, र तिनीहरूको हृदयको विचार हरबखत दुष्टतातिर मात्रै ढल्केको देख्नुभयो। 6 पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा याहवेहले अफसोस गर्नुभयो; र उहाँको हृदय असाध्यै दुःखित भयो। 7 यसकारण याहवेहले भन्नुभयो, "मैले सृष्टि गरेको मानिस जातिलाई—अनि तिनीहरूसँगै जनावरहरू, र आकाशका चराहरू र जमिनमा घस्रने प्राणीहरू, सबैलाई पृथ्वीबाट म नामनिशानै मेटिदिनेछु—किनकि तिनीहरूलाई बनाएकोमा मलाई अफसोस लागेको छ।" 8 तर नोआले चाहिँ याहवेहको दृष्टिमा अनुग्रह प्राप्त गरेका थिए।
नोआ र जलप्रलय
9 नोआ र उनको परिवारको विवरण यही हो:
नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्वासयोग्ताका साथ परमेश्वरसँग रहन्थे।