15 तब परमेश्वरले नोआलाई भन्नुभयो, 16 "तँ र तेरी पत्नी, र तेरा छोराहरू र तिनीहरूका पत्नीहरूलाई लिएर जहाजबाट निस्की। 17 तँसित भएका हरेक प्रकारका जीवित प्राणी, पक्षी, जनावर र जमिनमा चलहल गर्ने सबै प्राणीहरूलाई बाहिर निकाल् ताकि तिनीहरू पृथ्वीमा फैलिँदै फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जाऊन्।"
Publicidade