विश्वासमा दृढ रहने आह्वान
19 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीलाई येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र पस्ने आत्मविश्वास प्राप्त भएको छ; 20 येशूले हाम्रो निम्ति एउटा नयाँ र जीवन दिने मार्ग खोलिदिनुभएको छ, अर्थात् त्यस पर्दाद्वारा, जो उहाँको शरीर हो। 21 परमेश्वरको परिवारमा हामीसँग एक जना प्रधान पुजारी हुनुभएकोले, 22 हामी विश्वासको निश्चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ।